नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको विधान २०५७

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको विधान, २०५७

प्रस्तावनाः

मानव सभ्यता र विकासको क्रममा अत्यन्तै कठिन परिश्रम गर्दै आएको समाजको एउटा हिस्सा दलित समुदाय कला, सीप र श्रमको धनी भएर पनि शताब्दीऔंदेखि जातीय भेदभाव, छुवाछूत, बहिष्करण र बञ्चितीकरण भोग्दै आएको जगजाहेर छ । नेपाली दलित समुदायको आफ्नै मौलिक कला, सीप, श्रम, सङ्गीत, संस्कृति, सम्पदा र साहित्यको खोज, अनुसन्धान, संरक्षण, सम्बद्र्धन र प्रचार प्रसार गर्दै साँस्कृतिक रूपान्तरणको माध्यमबाट अविभेद, समानता, मानव मर्यादा र समतामूलक समाजको निर्माण अपरिहार्य छ । राष्ट्र निर्माणमा ऐतिहासिक योगदान पु¥याउदै आएको यो समुदायले राज्यबाट विशेष अवसर प्राप्त गर्ने अधिकार राख्नुकासाथै विज्ञानसम्मत ढङ्गले रचनात्मक र सिर्जनात्मक कार्य गर्दै सिङ्गो मुलुकलाई अग्रगामी दिशा दिन साहित्यिक एवं सांस्कृतिक क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुँदा त्यसको कर्तव्यबोध र दायित्वबोध समेत गर्दछ । त्यसका लागि सामूहिक तथा संस्थागत पहल गर्न वाञ्छनीय भएकाले नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न यो विधान जारी गरिएको छ ।

परिच्छेदः १
नाम र परिभाषा

१. नामः यस संस्थाको नाम नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान रहनेछ । यसलाई अङ्ग्रेजीमा ९ीष्तभचबचथ बलम ऋगतिगचब िब्अबमझथ ायच म्बष्तिक या ल्भउबरिीष्ऋब्म्(ल्भउब०िभनिने छ ।

२. ठेगानाः यस प्रतिष्ठानको केन्द्रीय कार्यालय काठमाडौंं महानगरपालिका वडा नं. ३१ मा रहने छ ।

३. स्थानीय अधिकारीको स्वीकृति लिई नेपालका कुनै पनि प्रदेश, जिल्ला र स्थानीय तहमा समेत शाखा कार्यालय स्थापना गर्न सकिने छ ।

५. छाप र चिन्हः अनुसूचि १ मा उल्लेख भएबमोजिम प्रतिष्ठानको संस्थाको आफ्नो छुटै छाप र चिन्ह हुनेछ ।

६. कार्यक्षेत्रः यस संस्थाको कार्यक्षेत्र नेपाल र विदेशमा समेत रहने छ ।

७. प्रारम्भः यो विधान संस्था दर्ता भएपछि तुरून्त लागु हुनेछ ।

८. परिभाषाः विषय वा प्रशङ्गले अर्को अर्थ नलागेमा,
(क) “नेपाल” शब्दले नेपाल राष्ट्रलाई बुझाउने छ ।
(ख) “दलित” भन्नाले नेपालको आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक तथा राजनैतिक दृष्टिकोणबाट पछाडि पारिएका र छुवाछूत प्रथाबाट पीडित समाजका विभिन्न जातहरूको समुदायलाई बुझाउने छ ।
(ग) “साहित्य तथा संस्कृति” भन्नाले दलितसमुदायको उत्थानको लागि सृजित साहित्य र मौलिक संस्कृतिकलाई बुझाउने छ ।
(घ) “प्रतिष्ठान” भन्नाले दलित समुदायको उत्थानको लागि साहित्यिक र सांस्कृतिक क्षेत्र व्यवस्थित गर्न गराउन विधान अनुसार बनेको यस संस्थालाई बुझाउने छ ।
(ङ) “अध्यक्ष” भन्नाले यस प्रतिष्ठानको सबै तहको कार्य समितिका अध्यक्षहरूलाई बुझाउने छ ।
(च) “उपाध्यक्ष” भन्नाले यस प्रतिष्ठानको सबै तहको कार्य समितिका उपाध्यक्षहरूलाई बुझाउने छ ।
(छ) “महासचिव” भन्नाले यस प्रतिष्ठानको केन्द्रीय कार्य समितिको महासचिवलाई बुझाउने छ।
(ज) “सचिव” भन्नाले यस प्रतिष्ठानको सबै तहको कार्यासमितिका सचिवहरूलाई बुझाउनेछ ।
(झ) “कोषाध्यक्ष” भन्नाले यस प्रतिष्ठानको सबै तहको कार्य समितिका कोषाध्यक्षहरूलाई बुझाउने छ ।
(ञ) “सदस्य” भन्नाले यस प्रतिष्ठानको सबै तहका कार्य समितिका सदस्यहरूलाई बुझाउने छ ।
(ट) “साधारण सदस्य” भन्नाले धारा ७ (ख) मा उल्लेख भए अनुसारको सदस्यलाई मानिने छ ।
(ठ) “स्थानीय अधिकारी” भन्नाले प्रमुख जिल्ला अधिकारीलाई बुझाउनेछ ।
(ड) “संरक्षक” भन्नाले यस प्रतिष्ठानको संरक्षकलाई बुझाउने छ ।
(ढ) “परिषद सदस्य” भन्नाले प्रतिष्ठानको केन्द्रीय परिषदका सदस्यहरूलाई बुझाउनेछ ।
(ण) “साधारण सभा” भन्नाले प्रतिष्ठानको साधारण सभा तथा सम्मेलनहरूलाई बुझाउनेछ ।

परिच्छेदः २
उद्देश्यहरू

६. प्रतिष्ठानको उद्देश्यः यो एक स्वतन्त्र, साझा एवं अविच्छिन्न उत्तराधिकारवाला र विशुद्ध सामाजिक संस्था हो । यो संस्था सङ्घसंस्था दर्ता ऐन २०३४ अन्र्तगत सञ्चालन हुनेछ । समाजमा विद्यमान आर्थिक विपन्नता, विभिन्न किसिमका सामाजिक विकृति एवं सामाजिक कुसंस्कारको विरूद्ध साहित्य र कलाको माध्यमबाट जनचेतना जगाउनुका साथै सामाजिक सद्भावको विकास गराईसमतामूलक समाज निर्माणका लागि देहायबमोजिमका उद्देश्यहरूरहनेछन् ः–

(क) दलित सम्बन्धि साहित्य, कला र संस्कृतिहरूको खोज, अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने ।
(ख) दलित समुदायका विगत एवम् वर्तमानका प्रतिभाहरूको खोज तथा अनुसन्धान गर्ने ।
(ग) दलित समुदायका प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा क्षमता अभिवृद्धि गराउने ।
(घ) दलित समुदायलाई सचेतन गराउन विभिन्न गोष्ठी, भेला, सम्मेलन र प्रशिक्षणकार्यक्रम आयोजना गर्ने ।
(ङ) साहित्य तथा सङ्गीतको माध्यमबाट दलित समुदायमा चेतनाको अभिवृद्धि गराई विभिन्नसामाजिक कार्यमा संलग्न गराउने ।
(च) दलित समुदायमा साहित्य, सङ्गीत, कला र सिपको विकास गर्ने ।
(छ) दलित समुदायको संस्कृति र कलालाई खोज, अनुसन्धान, उजागर, आधुनिकीकरण र परिमार्जन गराई समाजमा मर्यादित बनाउने ।
(ज) दलित समुदायको सङ्गठन वा संस्थाहरूबाट प्रकाशित हुने पत्रपत्रिका तथा कृतिहरूको संकलन गरी अद्यावधिक राख्ने ।
(झ) समाजमा विकृति ल्याउने विभिन्न लेखन र प्रकाशन वारे अध्ययन गरी त्यसको खण्डन गर्दै साहित्यिक माध्यमबाट त्यसलाई निरूत्साहित गर्ने ।
(ञ) समाजलाई अग्रगामी विचार दिने तथा साँस्कृतिक रूपान्तरणमा सहयोग गर्ने साहित्यिक एवं ऐतिहासिक कृतिहरूलाई प्रकाशन र प्रचार प्रसार गर्ने ।
(ट) प्रतिष्ठानलाई कुनै पनि किसिमले सहयोग पुराई सामाजिक परिवर्तनमा ऐतिहासिक भूमिका निर्वाह गर्ने व्यक्तित्वलाई सम्मान तथा कदरपत्र प्रदान गर्ने ।

परिच्छेदः ३
सदस्यता

७. सदस्यताः यस संस्थामा देहायबमोजिमका सदस्यहरू रहनेछन् ः–
(क) यस विधानको अधिनमा रही दलित समुदायको सामाजिक उत्थान तथा साहित्य, कला र संस्कृतिको क्षेत्रमा अभिरूचि राख्ने १८ वर्ष पुरा भएको नेपाली नागरिक यस प्रतिष्ठानको साधारण सदस्य बन्न सक्नेछ ।
(ख) साधारण सदस्यता प्राप्तिको निमित्त सदस्यता शुल्क रू. १००÷–(अक्षेरूपी एकसय रूपैयाँ) तिर्नु पर्नेछ र प्रत्येक वर्षमा रू. १००÷–(एकसय रूपैयाँ) तिरी नवीकरण गर्नुपर्नेछ ।
(ग) यस संस्था दर्ता गर्दाका बखत संलग्न व्यक्ति तथा प्रथम साहित्यक भेलाबाट चुनिएका तदर्थ समितिका पदाधिकारीहरूलाई यस संस्थाको संस्थापक सदस्य मानिनेछ ।
(घ) उपरोक्त उपधारा (क) र (ख) को आधारहरू पुरा गर्ने कुनै पनि साहित्यकार वा कलाकारलाई यस प्रतिष्ठानले उचित ठह¥याएमा सदस्यता दिन सक्नेछ ।
(ङ) यस संस्थाको उद्देश्यलाई आत्मसात गर्ने दलित समुदायका अधिकारको पक्षधर जो कोहीले यसप्रतिष्ठानलाई रू. ५००० (पाँचहजार रूपैयाँ) शुल्क बुझाई आजीवन सदस्य बन्ने सक्नेछ ।

८. सदस्यताको योग्यताः
(क) १८ वर्ष पुरा भएको नेपाली नागरिक ।
(ख) दलित समुदायको उत्थानका लागि कलम चलाउने साहित्यकार तथा कलाकार ।
(ग) यस प्रतिष्ठानको लागि एकमुष्ठ आर्थिक सहयोग गर्दै यस प्रतिष्ठानको मातहतका विभिन्न गुठीहरू सञ्चालन गराउने व्यक्तिहरू ।
(घ) मानसिक सन्तुलन तन्दुरूस्ती भएको व्यक्तिहरू ।

९. सदस्यताको प्रकारः
(क) विधानको धारा ७ (क) र (ख) बमोजिमका सदस्यहरू साधारण सदस्य हुने छन् ।
(ख) प्रतिष्ठानको आर्थिक उन्नतिका लागि एक मुष्ठ रकम रू.५,००० देखि २०,०००÷–(पाँचहजारदेखि बीस हजार रुपैयाँसम्म सहयोग गर्ने साहित्यकार तथा कलाकारहरू यस प्रतिष्ठानको आजीवन सदस्य रहनेछन् ।
(ग) प्रतिष्ठानको आर्थिक उन्नतिका लािग एकमुष्ठ रकम रू.२०,००० देखिमाथि सहयोग गर्ने तथा धारा ८ को खण्ड (ग) बमोजिम गुठी सञ्चालन गर्नेहरू मानार्थ सदस्य हुनेछन् ।
(घ) कुनै विभिन्न दलित संघसंस्थाका पदाधिकारीहरूलाई एवम् दलित समुदायका प्रतिभाशाली व्यक्तिहरू आमन्त्रित सदस्य रहने छन् ।

परिच्छेदः ४
साधारण सभा

१०.साधारण सभाः
(क) प्रतिष्ठानको सबै प्रकारका सदस्यहरूसमेतकोसाधारण सभा हुनेछ तरसो सभामा प्रदेश, जिल्ला र स्थानीय तहको प्रतिनिधित्वको संख्या केन्द्रीय समितिले निर्धारण गरे बमोजिम हुनेछ ।
(ख) प्रतिष्ठानको साधारण सभा प्रत्येक वर्ष प्रचलित कानुनको अधिनमा रही कार्य समितिले तोकेको मिति, स्थान र समयमा हुनेछ ।
(ग) प्रतिष्ठानको बहुमत सदस्यले लिखित निवेदन कार्यसमितिमा पेश गरेमा बढीमा ३ महिना भित्र विशेष साधारण सभा सम्पन्न गर्नुपर्ने छ ।
(घ) साधारण सभामा ५१ प्रतिशत सदस्यहरूको उपस्थितिलाई गणपुरकसङ्ख्या मानिने छ ।

११. साधारण सभाको काम, काम र अधिकारः
(क) नयाँ कार्यसमितिको गठन गर्ने ।
(ख) कार्यसमितिले तयार गरेको बजेट स्वीकृत गर्ने ।
(ग) विधान तथा नियमावलीे संशोधन गर्ने ।
(घ) लेखापरीक्षकको नियुक्ति गर्ने ।
(ङ) कार्यसमितिलाई आवश्यक निर्देशन दिने ।

१२. कार्य समितिको निर्वाचन विधिः
(क) प्रतिष्ठानको साधारण सभामा उपस्थित साधारण सदस्यहरूको सहमती वा मतदान प्रक्रियाद्वारा बहुमतका आधारमा कार्य समितिको निर्वाचन हुनेछ ।
(ख) आवश्यकतानुसार साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान दिएका विशिष्ट व्यक्तिहरूलाई सहभागिता गराउने उद्देश्य बमोजिम प्रत्येक प्रदेशको प्रतिनिधित्व हुनेगरी कार्यसमितिले ७ जनालाई मनोनित गर्ने छ ।
(ग) सबै तहका कार्यसमितिहरूको निर्वाचनगर्दा समावेशी सिद्धान्तको आधारमा दलित समुदायभित्रका फरक लिंग, क्षेत्र र विभिन्न जातहरूको उचित प्रतिनिधित्व गर्नुपर्ने छ ।

१३. केन्द्रीय कार्य समितिः केन्द्रीय कार्यसमितिमा देहायबमोजिमका पदाधिकारी र सदस्यहरु रहनेछन्ः
(क) अध्यक्ष १
(ख) उपाध्यक्ष ३
(ग) महासचिव १
(घ) सचिव ३
(ङ) कोषाध्यक्ष १
(च) सदस्य ४२
(छ) बैकल्पिक सदस्य ११
(ज) आमन्त्रित सदस्य ७

१३.१ केन्द्रीय परिषदः साधारणसभाले बढीमा १५१ सदस्य रहने गरी केन्द्रीय परिषदको गठन हुनेछ ।

१३.२ प्रदेश कार्य समितिः प्रदेशस्तरमा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, कोषाध्यक्ष १ र सदस्य २१ गरी बढीमा २५ सदस्यीय प्रदेश कार्यसमिति रहने छ ।

१३.३ जिल्ला कार्य समितिः जिल्लास्तरमा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, कोषाध्यक्ष १ र सदस्य ११ गरी बढीमा १५ सदस्यीय जिल्ला कार्यसमिति रहने छ ।

१३.४ स्थानीय कार्य समितिः गाउँपालिका र नगरपालिकास्तरमा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, कोषाध्यक्ष १ र सदस्य ६ गरी बढीमा ११ सदस्यीय गाउँ तथा नगर कार्यसमिति रहने छ ।

१३.५ कार्यकालः सबै तहका कार्य समितिहरूको पदावधी ३ वर्षको हुनेछ ।

१३.६ सल्लाहकार समितिः कार्य समितिलाई आवश्यक परामर्श, नीति निर्देशन र सल्लाह सुझाव दिनका लागि केन्द्रमाबढीमा २५ सदस्यीय सल्लाकार समिति तथा प्रदेश, जिल्ला र स्थानीय तहमा आवश्यकतानुसार सल्लाहकार समिति गठन गर्न सकिने छ ।
१३.७ संरक्षकः केन्द्रमा तीन सदस्यीय संरक्षकरहनेछन् भने अन्य तहका कार्य समितिहरुमा संरक्षकका व्यवस्था गरिने छैन ।

१४. बैठक गणपुरक सङ्ख्या र निर्णय प्रक्रिया ः
(क) प्रतिष्ठानको केन्द्रीय कार्य समितिको बैठक बर्षमा कम्तीमा ३ पटक तथा प्रदेश, जिल्ला र स्थानीय तहका कार्यसमितिहरूको बैठक बर्षमा कम्तिमा २ पटक बस्ने छन् भने आवश्यकतानुसार बढीमा जतिपटक पनि बस्न सकिनेछ ।
(ख) केन्द्रीय कार्यसमितिको हकमा अध्यक्षको सल्लाहबमोजिम महासचिवले र अन्य तहको कार्यसमितिहरूको हकमा अध्यक्षको सल्लाहबमोजिम सचिवले बैठक बोलाउने छन् ।
(ग) सबै तहका कार्यसमितिहरूको बैठकको लागि गणपुरक संख्या ५१ प्रतिशत मानिने छ र बहुमतको निर्णय मान्य हुनेछ ।

१५. कार्य समितिको काम, कर्तव्य र अधिकार ः
(क) साधारणसभा तथा सम्मेलनबाट अनुमोदन भएका कार्यक्रम कार्यान्वय गर्ने ।
(ख) बार्षिक बजेट तर्जुमा गर्ने र खर्च गर्ने ।
(ग) प्रतिष्ठानको उद्देश्य बमोजिमको कार्ययोजना तथा कार्यक्रमहरू तयार गर्ने ।
(घ) प्रतिष्ठानको साधारण सदस्यता वितरण गर्ने ।
(ङ) मुलुकभित्र एवं विदेशमा रहेका दलित समुदायका साहित्यकार तथा कालाकारहरूसँग सम्पर्क तथा सम्बन्ध कायम गर्ने ।
(च) प्रतिष्ठानको उद्देश्यबमोजिम आवश्यक नीति तथा नियमावली तर्जुमा गरी कार्यान्वयन गर्ने ।
(छ) अन्य आवश्यक कार्यक्रमहरूगर्ने ।

१६. राजिनामा, निलम्बन र निष्काशनः
(क) कार्य समितिका कुनै पनि पदाधिकारी तथा सदस्यले आफ्नो राजिनामा अध्यक्षलाई दिन सक्नेछ भने अध्यक्षले आफ्नो राजिनामा उपाध्यक्षलाई दिनेछ र त्यसरी दिइएको राजिनामा कार्यसमितिको बैठकमा छलफल गरी उचित ठहरे स्वीकृत गरिनेछ ।
(ख) कार्यसमितिको बहुमत सदस्यले राजिनामा दिएमा साधारणसभा वा सम्मेलन बोलाउनु पर्नेछ ।
(ग) कुनै पनि सदस्यले यस प्रतिष्ठानको विधान विपरीत कार्य गरेमा सम्बन्धित कार्य समितिले निजलाई पदबाट निलम्बन गर्न या निश्कासन गर्न सक्नेछ ।
(घ) यस प्रतिष्ठानको कार्य समितिका पदाधिकारीहरू विना सूचना लगातार ३ पटकसम्म बैठकमा अनुपस्थित रहेमा बहुमतको निर्णयले निजलाई पदबाट निलम्बन या निस्कासन गर्न सक्नेछ । तर संरक्षक, आमन्त्रित सदस्य र सल्लाहाकार समितिलाई अनुपस्थिति कै आधारमा निश्कासन गर्न सकिने छैन ।
(ङ) खण्ड (ग) र (घ) बमोजिमको कारवाही गर्नुभन्दा अघि निजलाई स्पष्टिकरणको मौका दिनु पर्नेछ ।

परिच्छेदः ५
पदाधिकारीको काम, कर्तव्य र अधिकार

१७.अध्यक्षको काम, कर्तव्य र अधिकारहरू ः
(क) साधारण सभा र कार्य समितिको बैठकको अध्यक्षता गर्ने ।
(ख) बैठकबाट कुनै पनि निर्णयगर्दा मत बराबर भएमा निर्णायक मत दिने ।
(ग) प्रतिष्ठानको कार्यक्रमहरूको सञ्चालनको लागि आवश्यक निर्देशन, सुपरिवेक्षण, समन्वय र नियन्त्रण कायम गर्ने ।
(ङ) अन्य तोकिएको कार्य गर्ने ।

१८. उपाध्यक्षको काम, कर्तव्य र अधिकारहरू ः
(क) अध्यक्षको अनुपस्थितिमा अध्यक्षले सम्पादन गर्ने काम, कर्तव्य र अधिकारको पालना र प्रयोग गर्ने ।
(ख) प्रतिष्ठानको सम्पूर्ण क्रियाकलापमा अध्यक्षलाई सहयोग गर्ने ।
(ग) अन्य तोकिएको काम गर्ने ।

१९. महासचिवको काम, कर्तव्य र अधिकार ः
(क) अध्यक्षको सल्लाह लिई कार्यसमितिको बैठक र साधारण सभा बोलाउने ।
(ख) बैठकको निर्णय र काम कार्वाहीको अभिलेख राख्ने ।
(ग) समितिको निर्णय तथा निर्देशनको कार्यन्वयन गर्ने गराउने ।
(घ) प्रतिष्ठानका सबै सदस्यहरूमा आवश्यक सञ्चार तथा प्रत्राचार गर्ने ।
(ङ) साधारण सभा तथा सम्मेलनमा बार्षिक प्रतिवेदन पेश गर्ने ।
(च) आगामी वर्षको लागि कार्ययोजना तयार गरी प्रस्तुत गर्ने ।
(छ) अन्य तोकिएको बमोजिमका कार्यहरू गर्ने ।

२०. सचिवको काम, कर्तव्य र अधिकारः
(क) प्रतिष्ठानका कार्यहरू सम्पादन गर्ने सन्र्दभमा महासचिवलाई सहयोग पु¥याउने र महासचिवको अनुपस्थितिमा निजको कार्य सम्पादन गर्ने ।
(ख) अध्यक्षको सल्लाह लिई कार्यसमितिको बैठक र साधारण सभा बोलाउने ।
(ग) बैठकको निर्णय र काम कार्यवाहीको अभिलेख राख्ने ।
(घ) समितिको निर्णय तथा निर्देशनको कार्यन्वयन गर्ने गराउने ।
(ङ) अन्य तोकिएको बमोजिमका कार्यहरू गर्ने ।

२१. कोषाध्यक्षको काम, कर्तव्य र अधिकारहरू ः
(क) प्रतिष्ठानको कोषको जिम्मा लिनुका साथै तोकिएको ढाँचा अनुसार स्रेस्ताहरू राख्न लगाउने ।
(ख) संस्थाको कोषको लेखा परीक्षण गराई सम्मेलनमा सो को प्रतिवेदन पेश गर्ने ।

२२. सदस्यहरूको काम, कर्तव्य र अधिकार ः
(क) बैठकमा भाग लिने, छलफल गर्ने तथा निर्णय प्रक्रियामा सहभागी हुने ।
(ख) कार्यसमितिले सुम्पेको कार्यको जिम्मेवारी वहन गर्ने ।

२२.१ बैकल्पिक, आमन्त्रित र सल्लाहकार सदस्यको काम, कर्तव्य र अधिकार ः
(क) वैकल्पिक र आमन्त्रित सदस्यको काम बैठकमा उपस्थित हुने, छलफलमा भाग लिने र संस्थाको हितमा अन्य कार्यहरू गर्ने ।
(ग) सल्लाहकार सदस्यको काम समितिलाई निर्देशन, सल्लाह र सुझाव दिनु रहनेछ ।
(घ) बैकल्पिक, आमन्त्रित र सल्लाहकार सदस्यहरूलाई मतदान गर्ने अधिकार हुनेछैन ।

परिच्छेदः ६
आर्थिक व्यवस्था

२२. आर्थिक व्यवस्थाःपरिषदको आफ्नो छुट्टै कोष हुनेछ, जसमा देहाय बमोजिम श्रोतबाट आम्दानी बाधिने छः–
(क) खाता सञ्चालन अध्यक्ष र कोषाध्यक्षको संयुक्त दरखास्तबाट हुनेछ ।
(ख) प्रतिष्ठानका साधारण, आजीवन र मानार्थ सदस्यहरूबाट प्राप्त सदस्यता शुल्क र एकमुष्ठ रकम ।
(ग) प्रतिष्ठानबाट आयोजित विभिन्न रचनात्मक कार्यक्रमबाट संकलित रकम ।
(घ) प्रतिष्ठानको चल तथा अचल सम्पतिबाट आर्जित रकम ।
(ङ) प्रतिष्ठानका लागि नेपाल सरकार, विभिन्न राष्ट्रिय व्यक्ति तथा गैर सरकारी संस्थाहरूबाट प्राप्त नगदी वा जिन्सी अनुदान वा सहयोग ।
(च) विदेशी अनुदान वा सहयोग लिदा नेपाल सरकारबाट स्वीकृती लिनु पर्नेछ ।

२३. प्रतिष्ठानको लेखा परिक्षणः
(क) प्रतिष्ठानको आर्थिक लेखापरीक्षण प्रत्येक सम्मेलनमा तोकेको दर्तावाला लेखापरीक्षकद्वारा गराई सो को प्रतिवेदन स्थानीय अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।
(ख) नेपालमा रहेको वाणिज्य बैंकहरूमा खाताखोली भएको आम्दानी राखिने छ ।

२४. निर्वाचन सम्बन्धी व्यवस्थाः
(क) प्रत्येक तीनवर्षमा सम्मेलन मार्फत कार्यसमितिहरूको निर्वाचन गरिने छ ।
(ख) कार्यसमितिको निर्वाचन सहमती वा गोप्य मतदानको निर्वाचन प्रक्रियाद्वारा गरिने छ र सो को जानकारी स्थानीय अधिकारीलाई दिइनेछ ।

२५. उम्मेदवारको आवश्यक योग्यताः
(क) साधारण सदस्यता प्राप्ता गरेको ।
(ख) मानसिक सन्तुलन ठिक भएको ।
(ग) कुनै पनि आर्थिक हिनामिना गरी अनुशासनको कार्वाहीमा नपरेको ।
(घ) नेपाली नागरिक ।

२६. अविश्वाको प्रस्तावः प्रतिष्ठानको विधान वा नियम उलङ्घन गरी प्रतिष्ठानको उद्देश्य र हितविपरीत कुनै सदस्यले कार्य गरेको हो भन्ने वा अन्य कुनै आधारमा निज उपर अविश्वासको प्रस्ताव ल्याउन सक्नेछ । सो प्रस्ताव ल्याउँदा कार्य समिति सदस्यहरूको २५ प्रतिशत प्रस्तावित हुनुपर्ने छ र साधारण बहुमतले अविश्वासको प्रस्ताव उपर निर्णय गर्न सक्नेछ ।

२७. विधान संशोधानः यस प्रतिष्ठानको साधारण सभाका सदस्यहरूको २।३ बहुमतले प्रतिष्ठानको उद्देश्य विपरीत नहुने गरी कुनै पनि धारा उपधाराहरू आवश्यकता परेमा संशोधन गर्न सक्नेछ । संशोधित व्यवस्था स्थानीय अधिकारीको स्वीकृति प्राप्त भएपछि मात्र लागु हुनेछ ।

२८. बाधा अड्चन फुकाउनेः यस विधान अन्र्तगत बनेको नियमहरूको व्याख्या गर्ने अन्तिम अधिकार केन्द्रीय कार्य समितिलाई हुनेछ ।

२९. विघटनः कुनै कारणवस यस प्रतिष्ठान विघटन भएमा वा सञ्चालन हुन नसकेमा प्रतिष्ठानको जायजेथा नेपाल सरकारमा सर्नेछ ।

३०. निष्कृयताः यस विधानमा उल्लेख गरिएको प्रावधानहरूमा प्रचलित ऐन कानुनसँग बाझिन गएमा बाझिएको हदसम्म स्वतः निष्कृय हुनेछ ।

३१. बचाउः यस विधानमा उल्लेखित विषयहरू सोही बमोजिम र नलेखिएको हकमा प्रचलित कानून बमोजिम हुनेछ ।

मिति २०५३।११।१० र ११ मा भएको सम्मेलनबाट पारित यो प्रतिष्ठानको विधान तयार गर्दा यस प्रतिष्ठानका कार्यसमितिका पदाधिकारीहरू निम्न अनुसार रहेका छन् ।

कार्यसमिति ः

पद नाम
अध्यक्ष – श्री पदम सुन्दास, सुनसरी
उपाध्यक्ष – श्री डम्बर परियार, इलाम
महासचिव – श्री मीन विश्वकर्मा, सुनसरी
सचिव – श्री डि.वि. सागर, पाल्पा
कोषाध्यक्ष – श्री चक्रमान विश्वकर्मा, सल्यान
सदस्य – श्री विनोद पहाडी, रूपन्देही
सदस्य – श्री अम्बिका गजमेर, धनकुटा
सदस्य – श्री सानुभाइ विश्वकर्मा, मकवानपुर
सदस्य – श्री धनबहादुर नेपाली, कास्की

आमन्त्रित सदस्यः

१. श्री मोतीलाल नेपाली – सल्यान
२. श्री डम्बरसिंह गदाल – ईलाम
३. श्री रणेन्द्र बराली –चितवन
४. श्री केशबहादुर परियार –कास्की

सल्लाकार समितिः

१. भु.पू. माननीय श्री मनबहादुर विश्वकर्मा – पर्वत
२. श्रीमती मिठाईदेवी विश्वकर्मा – काठमाण्डौं
३. श्री रामशरण दर्नाल – काठमाण्डौं
४. उप.प्रा.श्री वसन्त विश्वकर्मा – सप्तरी
५. श्री नरसिंह विश्वकर्मा – सप्तरी
६. श्री राम दियाली – इलाम
७. श्री दानबहादुर विश्वकर्मा – कैलाली

वर्तमान समिति
संरक्षकः

पदम सुन्दास

केन्द्रीय कार्य समितिः

१. अध्यक्षः रणेन्द्र बराली
२. उपाध्यक्षः डम्बर पहाडी
३. उपाध्यक्षः डा. यामबहादुर किसान
४. उपाध्यक्षः धनकुमारी सुनार
५. महासचिवः सरोज दिलु विश्वकर्मा
६. सचिवः पञ्चकुमारी परियार
७. सचिवः केवल विनावी
८. सचिवः डा. बुद्धि नेपाली
९. कोषाध्यक्षः रणबहादुर रम्तेल
१०. सदस्यः आहुति
११. सदस्यः हिरा विश्वकर्मा
१२. सदस्यः मोतिलाल नेपाली
१३. सदस्यः विनोद पहाडी
१४. सदस्यः गोविन्द नेपाली
१५. सदस्यः उर्मिलादेवी विश्वकर्मा
१६. सदस्यः भोला पासवान
१७. सदस्यः ………………

केन्द्रीय प्राज्ञ परिषद

१. सानुभाइ विश्वकर्मा, मकवानपुर
२. महावीर विश्वकर्मा, चितवन
३. किसान प्रेमी, चितवन
४. सरिता परियार, पाल्पा
५. गंगा अभिलासी, रुपन्देही
६. लक्ष्मण दर्नाल, पाल्पा
७. गिरीलाल परियार, उदयपुर
८. जंग पहाडी, तेह्रथुम
९. अर्जुन विश्वकर्मा, नवलपरासी
१०. धनु लेकाली, म्याग्दी
११. कृष्ण गजमेर, तनहुँ
१२. सानु पहाडी, इलामा
१३. दिपेन्द्र रसाइली, पाँचथर
१४. रवि सुन्चौरी, रुपन्देही
१५. डी. बी. नेपाली, सोलुखुम्बु
१६. गोविन्द विश्वकर्मा, चितवन
१७. हरिशरण परियार, स्यांजा
१८. लम्जेल संघर्षशील, सुनसरी
१९. विनोद परियार, नवलपरासी
२०. जयराम सुन्दास, मोरंग
२१. रघु परियार, धादिंग
२२. बुद्धिमान नेपाली, सोलुखुम्बु
२३. जे. बी. विश्वकर्मा, रामेछाप
२४. समुन्द्र परियार, चितवन
२५. रमेश नेपाली विद्रोही, तनहुँ
२६. रत्नबहादुर वि.के., सिन्धुपाल्चोक
२७. कविता नेपाली, मकवानपुर
२८. नेत्र सुनार, नवलपरासी
२९. हिक्मत नेपाली, अछाम
३०. सरू सुनार, स्याङ्जा
३१. विनबहादुर खाती परियार, तनहुँ
३२. विष्णु विश्वकर्मा, कालीकोट
३३. सुनिता मरिक, सुनसरी
३४. धनकाजी विश्वकर्मा, बाग्लुङ
३५. …………………….

केन्द्रीय सल्लाहकार समिति

१. निनु चापागाई
२. तिलक परियार
३. छविलाल विश्वकर्मा
४. मीन विश्वकर्मा
५. डा. मान बहादुर वि.के.
६. रविमान लम्जेल
७. रामप्रित पासवान
८. अञ्जना विसङ्खे
९. टेकु नेपाली
१०. पुरणसिंह दयाल
११. ओमप्रकार भि.के.
१२. शरद पौडेल
१३. मोदनाथ प्रश्रित
१४. मिठाइदेवी विश्वकर्मा
१५. केशव सुनाम
१६. खेम नेपाली
१७. रामकृष्ण देउला

Leave a Reply

Your email address will not be published. Required fields are marked *