केटी जिस्क्याउनु हिंसा की विशिष्ठ युवा संस्कृति ?

सरोजदिलु विश्वकर्मा

पछिल्लाो समयमा केटी जिस्क्याउनुलाई महिलाविरुद्धको अपराध मानिदै विभिन्न कानुनहरु बनेका छन् । युवतीलाई जिस्क्याइने डरमा विकसित राष्ट्रहरुमा शौचालय, वसका सीट, ट्रेनका डब्बाहरु, चुरोट खाने कोठाहरु पनि अलगअलगरुपमा छुट्याइएका हुन्छन् । अझ जापान, कोरिया, युरोप र अमेरिकी देशहरुमा महिलालाई सिधा आँखाले हेर्यो भने मात्र त्यो दण्डनीय हुनपुग्छ । महिलाको इच्छाविपरित उसलाई स्पर्श गर्न मात्र पुगियो भने पनि पुरुषले कडा कानुनको भागीदार बन्नुपर्छ । नेपालमा समेत सार्वजनिक स्थल, वसहरुमा आशयित दृष्टिबाट महिलालाई हेर्न वा छुन निषेध गरिएको छ । महिला अधिकारकर्मीहरुले यस्तो कार्यलाई पक्षपोषण गरी ठूलै जीतको रुपमा लिदैंआएका छन् । तर जति पुरुषलाई कडाई गरिँदै छ, त्यति महिलाहरु स्वयं नै पुरुषलाई आफूप्रति उत्तेजित र आकर्षषित हुन बाध्य पारिरहेका छन् । यतिसम्म आफूप्रति पुरुषलाई आकर्षण गर्न शहरमा करिवकरिव उनान्सय प्रतिशत नै नांिङगने होडवाजी नै चलेको छ । यसले पुरुषलाई नचाहँदानचाहँदै महिलाप्रति सम्मोहित बनाउँछ र पुरुष हिंसा गर्न बाध्य बन्दछ । यसैको परिणाम हो, दिनैपिच्छे सुनिने बलात्कारका घटनाहरु । एकातिर महिला अधिकारकर्मीहरु हिंसा भयो भनेर पुरुषविरुद्धको कानुनको पक्षपोषण गरिरहेका छन् भनेका अर्कोतिर उनकै छोराछोरीहरु, विशेषगरी आधुनिक युवतीहरु ‘किश् मी, टच मी, सेक्स मी जस्ता ठाडा शब्दसंकेतमा सिधै लेखिएका पोशाक लगाएर, नांङिगएर वा पुरुषसँग कुनै स्वार्थ लुकाएर मलाई जतिसक्ब्दो चाँडो हिंसा गर भनेर पुरुषलाई आर्कर्षित पनि गरिरहेका छन् । तर हाम्रो कानुन तिनै अधिकारकर्मी महिलाका पक्षमा मात्र बोलिरहेको छ । पुरुषमाथिको मनोवैज्ञािनक असर, जुन प्राकृतिक नियम हो, त्यसको पक्षमा प्रशासन सचेत नै हुनसकेका छैन ।

विदेशतिर महिलालाई जिस्क्याइन्न, सिधै यौनको प्रस्ताव राखिन्छ । अरबतिर जिस्क्याइन्न तर पुरुषले महिलालाई जर्वजस्ती गर्छन् । उनीहरुलाई कम्ति ४ वटी महिलासंग सम्वन्ध गाँसेर चाहेको वखतमा मन लागेको यौनहिंसा गर्न नीतिगत छूट नै दिएको हुन्छ । यी मुश्लिम देशहरुमा हेर्न वा जिस्क्याउन त पाईदैन तर वैधानिकरुपमै हिंसा गर्न छुट छ । यस्तो वैधानिकताले महिलाहरुको इच्छा आकांक्षा र स्वाभिमानलाई जवर्जस्त कुण्ठित गरेको मान्नुपर्दछ । अफ्रिका आफ्नै दाजुभाइलेसमेत यौन हिंसा गर्दछन् । यसो गर्नुलाई सामान्यरुपमा हेरिन्छ । फिलिपिन्सलगायतका केही मुलुकमा भने विवाहित महिलालाई नै ४।५ वटासम्म पुरुष राख्न छुट दिइएको छ । पपुवान्युगीनी लगायतका दक्षिणी टापुहरुमा पुरुषले चाहेमा अर्काकी श्रीमती जर्वजस्ती गरेर वा पैसा तिरेर ल्याउन सक्छ र इच्छा पुरा गरेपछि फर्काइ दिन पाउँछ । अझ रोमानिया, वुल्गेरियामा भने बजारबाटैै श्रीमती आवधिकरुपमा किनेर ल्याई फिर्ता दिन मिल्दछ । मध्ये अफिकन केही देशहरुमा भने बाबुले वा आफ्नो दाजुभाइले चाहेमा आफ्नै वहिनी वा छोरीले यौनको लागि नाइनास्ती गर्न पाउदैनन् । उजुरी गरेता पनि सामान्यरुपमा लिइ मेलमिलाप गराईन्छ ।

हाम्रो नेपालमा भने केही युरोतिर डुलघुम गरेका एकदुई महिला अधिकारर्मीका प्रभावमा युवतीलाई हेर्नु वाजिस्क्यउनुलाई मात्रै पनि अव हत्यासरहको अपराध मानिएको छ । तर सोही कानुनलाई आजका आधुनिक युवतीहरु नै मान्न तयार छैनन् । उनीहरु जतिसक्दो मलाई हेरिदेओस्, मलाई बोलाईदेओस्, कसैले जिस्याईदओस् र अफर गरोस् भन्न नै चाहन्छन् । नेपालकी चर्चित हिरोइन तथा मिस नेपाल सनी रौनियारले एउटा इन्टरभ्युमा “केटीलाई जिस्क्याउन पाउनुपर्छ, जिस्याइले उनीहरुवीचको सामिप्यता बढ्छ, महिलालाई पनि पुरुषप्रति खुल्न प्रेरित गर्दछ’ भनेकी थिईन् । यसैगरी मनिषा कोइरालाको एक इन्टरभ्युमा त “मेरी छोरीले विवाह पुर्वमै यौनसम्वन्ध राखोस भन्ने म चाहन्छु, जसले उसलाई शक्ति दिन्छ, यौनका वारेमा चेतना दिन्छ’ भनेर भनेकी थिईन् । नेपाल टेलिभिजनले पिके कलेज विद्यार्थीसंग बाईट् लिँदा उनीहरुले विवाह अघि वा पछि आफूलाई मन लागेको जोसुकै पुरुषसँग समेत यौनसम्बन्ध राख्न पाउनु पर्दछ भनेर जवाफ दिएका थिए । सार्वजनिक मिडियाहरुमा बजिरहेको गीतंगीतलाई हेर्ने हो भने युवायुवती एकअर्काप्रति आशक्त भएर एकआर्कालाई जिस्याएको भावका संगीतहरु बजिरहेका छन् । यसले जवान महिलाहरु यौनलाई वर्जित बनाउन हुन्न भन्ने पक्षमै देखाउँछ ।

नेपाल र भारतमा भने युवती जिस्क्याउने नाममा महिलामाथि ठूलाठूला जधन्य अपराध नै हुँदैआएका छन् । विकसित भनिने राष्ट्रहरुमा यौनका मामलामा हत्यासम्म गरिएका प्रशस्त उदाहरण छन् । जति कानुनले वर्जित गर्यो त्यति हिंसाका घट्नाहरु देखिएका छन् । कानुनको निर्माणले अधिकारकर्मीहरु, वकिलहरु र प्रहरीहरुलाई काम त दिएको छ तर समाधान भने दिनसकेको छैन । तसर्थ यसको समाधान भनेको महिलालाई हेर्ननहुने र जिस्क्याउनै नहुने भन्ने चै होईनरहेछ । तर महिलामाथि उसको इच्छाविपरित हिंसा गर्न भने हुदैन । महिलालाई हेर्नाले वा बोलाउनाले उसले आफूलाई सम्मानित भएको महसुश गर्दछे, उसले आफूभित्रको सुन्दरताको आभाष महसुश गर्दछे । महिलाले गहना लगाउनु राम्रो लुगा लगाउनु, सिंगारपेटार गर्नु भनेकै कसैले हरिदेओस्, राम्रो भनिदेओस् गुणगान गाइदेओस् भन्ने हो । पछिल्लो समयमा यस्ता सिंगारपेटार, गरगहना र राम्रो लुगाफाटाको सट्टा नांगोभुतुंगो, ठुट्टेवुच्चे, भएर, भएका कपडालाई समेत च्यातेर, काटेर, अंग देखाएर र अझ सुन्दर अंङ्गमा कालो ट्याटु लगायएर महिलाहरु नाङ्गोरुपमा हिड्डुल गर्छन् । यसो गर्नु भनेको एक किसिमले पुरुषलाई सम्मोहित पार्नैका लागि हो । पुरुषले हेरिदेओस्, तारिफ गरिदेओस् वा मन परेको पुरुषले अफर नगरिदओस् भन्ने नै हो । त्यसले युवतीहरुलाई खुशी शक्ति प्रदान गरेको हुन्छ ।

केटीले केटालाई केटाले केटीलाई जिस्याउने, ऊसँग नजिक हुने र जीवन गास्नेसम्मको सम्वन्ध बढाउने संस्कार नेपाल र भारतीय समाजको पुरानो संस्कार हो । हाम्रा देवीदेवताका कथा पढ्ने वा उपन्यास ठूलाठूला साहित्यकारका कथा, कविता, उपन्यास र गजल, गीतहरुका भावमासमेत एकअर्कालाई जिस्याएकै भाव पाईन्छ । तर त्यतिवेला जिस्क्याउनु, पछि लाग्नु र प्रस्ताव राख्नु पुण्य चलन थियो । केटा र केटीहरु एकआर्काप्रति आकर्षित हुन र सामिप्यता बढाउन् भनेर पहाडतिर एकराते बजार लाग्थ्यो, मधेशतिर रामलिला, कुमार विर्जमान, कवाली आदिको एकराते नाचहरु हुनेगर्दथे । डोटी अछामलगायतका सुदूरपश्चिम क्षेत्रमा युवायुवतीको प्रेमसम्वन्ध गाजियोस् भनेरै देवीदेवताका नाममा मेला लाग्ने गरेका छन् । यो हाम्रो विशिष्ट संस्कृति हो । आफ्नो इच्छा र प्रेमलाई वैवाहिक सम्वन्धमा जोड्नका लागि एकले अर्कोलाई जिस्याएर र बोलाएर नजिक हुने हो । यो परम्परादेखि चलिआएको चलन हो । तर पछिल्लो समयमा जति कानुन बन्दैछ, त्यति यो संस्कृतिको रुपमा समेत परिवर्तन आएको छ । अहिले त्यो विशिष्ट संस्कृति वदनामी, जर्वजस्ती, हिंसा र हत्याको रुपमा परिणत भएको पाइन्छ ।

नत्र हाम्रो संस्कृती र विशिष्ठतालाई नबुझि युवाको भावनाविपरित नीति नियम र कानुन त बन्ला, विपरितलिङ्गप्रति आकर्षण हुननहुने गरी कुनै अधिकारकर्मीले वकालात गर्लान्, राज्य–प्रशासनले पनि त्यसलाई कढाई गर्ला तर युवा उमेर समुहले त्यसलाई तोड्न बाध्य भइरहन्छन् । जवकि यो प्राकृतिक नियम हो र एक उमेरमा जसमा पनि यो मनोवैज्ञानिक उत्तेजना रहरिहन्छ । कानुन बनाउने, बनाउन लगाउने र कढाई गर्नेहरुमा समेत कुनै उमेरमा यस्तो मनोविज्ञानले बास गरेकै थियो । केही उपल्लास्तरका महिला अभियन्ताहरु रिसोर्ट र फायवस्टार होटलमा जाँड खाएर पुरुषसँग उत्ताउलिएका प्रशस्त उदाहरुणहरु पनि छन् । यो पनि यौन मनोविज्ञानको प्रभाव नै हो । तर जव तिनीहरु कार्यशालामा बस्छन्, पुरुषले महिलालाई हेर्दैमा आशक्त भयो कि वा हिंसा भयो, त्यसलाई दण्डनीय करार बनाउनु पर्दछ भनेर सवै महिलाहरु वकालत गर्दछन् । अनि सडकमा पुरुषविरुद्धका नाराहरु लिएर आधुनिक पीँढिका युवायुवतीलाई दिग्भ्रमित पारिरहेका छन् । तिनै महिला अधिकारकर्मी सार्वजनिकस्थलमा पुरुषले गर्ने ब्यवहारलाई अपराध भन्दैछन् भने एकान्तमा वा लेनदेनमा भएको वा महिलाले चाहेर गरेको यौनजन्य कार्यलाई चै स्वागतयोग्य मान्दैआएका छन् ।

अतः युवा र युवतीले एकअर्कालाई हेर्नु, बोल्नु बोलाउनु, मनपराउनु, नजिक हुन खोज्नु वा कुनै संकेत दिनुलाई हिंसा, कानुनविपरित हो भन्नु उपयुक्त हुन्न । यद्यपि, महिला वा पुरुषले विपरित लिंङ्गीमाथी अपमानजनक शब्दहरु बोल्छ भने वा उनीहरुको इच्छाविपरित उचित अनुचित कार्य गर्नु चै अपराध नै हो । तसर्थ, युवा उमेरको प्रेम र यौनाकांक्षालाई कुण्ठ्याउने गरी कुनैपनि कानुन बन्नु र बनाउन उत्प्रेरित गर्नु उपयुक्त हुन्न । यसर्थ जतिसुकै नियम कानुन बनेपनि युवायुवतीवीचको विपरित सम्मोहन कालान्तरसम्म रहिरह्न्छ । वरु जति कडाई गरियो त्यसले उनीहरुमा छाडापना ल्याउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *